• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र १२ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र १२ गते, शनिवार, २६ मार्च २०२२। चैत्र कृष्णपक्ष नवमी तिथि। पूर्वाषाढा नक्षत्र, १५ः३९ बजेदेखि उत्तराषाढा। चन्द्रराशि– धनु।वि.सं. चैत १२, २०७८ । ई.सं. २६ मार्च २०२२ । शक संवत् १९४३।नेपाल संवत् ११४२ चिल्लागा । राक्षस, उत्तरायण वसन्त । शनिबार चैत्र कृष्णपक्ष । तिथि- नवमी, २०:४३ बजे उप्रान्त दशमी । नक्षत्र- पूर्वाषाढा,

१५:३९ बजे उप्रान्त उत्तराषाढा । योग- परिघ, २३:४९ बजे उप्रान्त शिव । करण- तैतिल ९:५२ बजेदेखि गर, २०:४३ बजे उप्रान्त वालव । चन्द्रराशि धनु । आनन्दादि योग मातंग । दिनमान ३०।३५ । सूर्योदय ६:०४ । सूर्यास्त १८:१७ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएको धन पाइएला । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा चैं लाभ नमिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार