• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

तनहुँको नहालामा इन्धन बोकेको ट्याङ्कर पल्टियो, तेल भर्न स्थानीयको तछाँड–मछाड


काठमाडौं । बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरातर्फ जाँदै गरेको ट्यांकर पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नहालामा दुर्घटनामा परेको छ ।मंगलबार पोखरातर्फ जाँदै गरेको ना ८ ख ०३२६ नम्बरको ट्याङ्कर सडक छेउमा पल्टिदा दुर्घटना भएको हो ।नेपाल आयल निगमका अनुसार सडक छेउको खोल्सा नजिक ट्याङ्कर पल्टिएर

दुर्घटना भएतापनि कुनै मानवीय क्षति भने भएको छैन ।दुर्घटनामा परेको उक्त ट्यांकरबाट चुहिएको तेल जम्मा गर्नका लागि अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् । अहिले स्थानीयहरु ट्यांकरबाट चुहिएको तेल भर्नका लागि विभिन्न किसिमका बाल्टी र ग्यालेनहरु बोकेर लाइनमा बसेका छन् ।यता आयल निगमले भने अति प्रज्वलनशील पेट्रोलियम पदार्थ संकलन गर्नु जोखिम हुने बताउँदै तेल नउठाउन स्थानीयलाई आग्रह गरेको छ ।

युनेस्कोको नीति समेलन : नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर

काठमाडौं । युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ ।

कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरु बीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पु¥याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिइन् ।अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई उक्त क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो । उनले भनिन्, “दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपाली कै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरुको भाषण सुनिन्थ्यो भने यसपालि हामीहरुका कुरा मन्त्रीलाई सुन्नमात्र लगाइएन, आपसी प्रश्नोत्तरसमेत भएकाले जवाफदेहिताका लागि घचघच्याउने काम पनि भएको छ, प्रतिबद्धताको पछि हामीले फलोअप पनि गर्नसक्ने छौँ ।”

उक्त सम्मेलन महामारीको प्रभावलाई सम्बोधन गर्न तथा सङ्कट समाधानका लागि दिगो व्यवस्थापन, विश्वव्यापी योजनामा सहभागी गराउन महत्वपूर्ण उपलब्धी भएको महसुस गरिएको छ ।त्यसअघि विभिन्न मुलुकका ३४ अनुसन्धानकर्ताले १६ महिना लगाएर महामारीमा युवावर्गमा परेको प्रभावबारे अनुसन्धान गरेका थिए । कोभिडका कारण युवामा मानसिक स्वास्थ्यदेखि मानवअधिकारसम्म, सिक्ने सीपदेखि जीविकोपार्जनसम्म र युवा नेतृत्वदेखि उनीहरुको प्राविधिक भूमिकासम्ममा असर पारेको अनुसन्धानको निष्कर्ष छ ।सम्मेलनमा नेपाली अनुसन्धानकर्ता मानन्धरले अनुसन्धानमा महामारीको प्रभाव असमान रहेको र युवा स्वयंसेवक समूहमा स्रोतमा पहुँच कम सुरक्षित संरक्षणको अभाव तथा मनोवैज्ञानिक र मनोसामाजिक अवस्थामा असर परेको फेला पारिएको जानकारी गराएकी थिइन् ।

युवामा श्रम तथा रोजगारी नहुनु, दोहोरो श्रमलगायतका कारण मानसिक स्वास्थ्य समस्या बढेको पाइएको छ । युवा स्वयंसेवकको शारीरिक र मनोवैज्ञानिक जोखिमलाई ध्यानमा राख्दै, सुरक्षित र समावेशी नीति अबलम्वन गर्नुपर्ने उनको सुझाव छ ।उनले अन्तरदेशीय र समावेशी युवा नीतिको कार्ययोजना जरुरी रहेको र त्यस नीतिले कम आय भएका देशका युवा, त्यसमा पनि महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन् । उनले त्यस्ता युवा स्वयंसेवकलाई प्रोत्साहित गर्न ऐक्यबद्धता र एकता जरुरी रहेको औँल्याएकी छन् ।

सम्मेलनमा युनेस्कोको सामाजिक र मानव विज्ञान क्षेत्रका सहायक महानिर्देशक गाब्रिएला रामोस तथा सामाजिक र मानव विज्ञान प्रमुख जुआन पाब्लोको समेत सहभागिता थियो । प्रारम्भिक चरणमा अनुसन्धानकर्ता युवाको ज्ञान साझेदारी बैठक गत अक्टोबरमा भएको थियो ।उक्त बैठक युवा अनुसन्धानकर्ताले सरकार, शिक्षाविद्, नागरिक समाजका प्रतिनिधि र नीति विशेषज्ञसँग अनुभव आदानप्रदान गर्न महत्वपूर्ण आधार तय भएको थियो । यही चैत ११ गते सम्मेलन भएको थियो । रासस

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार