• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र १७ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र १७ गते, बिहीवार३१ मार्च २०२२।चैत्र कृष्णपक्ष चतुर्दशी तिथि, १२ः२८ बजेदेखि चतुर्दशी। पूर्वभाद्रपदा नक्षत्र,१०ः४५ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि– मीन।
वि.सं. चैत १७, २०७८ । ई.सं. १ अप्रिल २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ चिल्लागा । राक्षस, उत्तरायण वसन्त । बिहीबार चैत्र कृष्णपक्ष । तिथि- चतुर्दशी, १२:२८ बजे

उप्रान्त औंसी । नक्षत्र- पूर्वभाद्रपदा, १०:४५ बजे उप्रान्त उत्तरभाद्रपदा । योग- शुक्ल, ११:३१ बजे उप्रान्त ब्रह्म । करण- शकुनि १२:२८ बजेदेखि चतुष्पद, २४:१० बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादि योग मुद्गर । दिनमान ३०५५ । सूर्योदय ५:५८ । सूर्यास्त १८:२० । पञ्चक, दर्शश्राद्ध, निशिबार्ने, भद्रकालीपिठलिङ्गोत्थान।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सन्तान पक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभ मिल्नेछ र सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार