• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

एमालेले आफ्नो सदस्यबाट महिनाको पाँच हजार उठाउने


काठमाडौँनेकपा एमाले ले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टीको दीगो आर्थिक स्रोतका लागि यस्तो गर्न लागिएको उल्लेखछ।पार्टीको दीगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान

फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान प्रस्ताव गर्नुभयो ।एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो अपानीमा भनिएको छ,‘आ आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ । अपानीमा पार्टीका अधिकांश कार्यक्रमहरू माला खादा र अस्तव्यस्त आसन ग्रहण प्रक्रियाका कारण भद्दा हुन थालेको उल्लेख गर्दै यसलाई छरितो तुल्याउन सकेसम्म छरितो आसन ग्रहणजस्ता काम गर्ने र अनावश्यक मालारखादा प्रयोगलाई निरुत्साहित गर्न निर्देशन दिइएको छ ।

खेलकुद
एसिया कप बन्द प्रशिक्षणका लागि २४ खेलाडी घोषणा, को-को परे छनोटमा ?

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि २४ सदस्यीय टिम घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अब टिमको बन्द प्रशिक्षण सुरु हुनेछ । घोषित टिममा विशाल राई रहेका छैनन् । चोटबाट मुक्त भएका नवयुग श्रेष्ठ र विकास खवासले भने टिममा पुर्नआगमन गरेका छन् ।

टिममा किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर)अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ रहेका छन् ।

यस घोषणासँगै एएफसीकप प्रारम्भिक छनोट खेल्ने तयारीमा रहेका मछिन्द्रका खेलाडी पनि टिममा फर्केका छन् । एसियाकप छनोटको तेस्रो चरणमा नेपाल समूह ए मा रहेका छ र यसमा रहेका अन्य टिममा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार