• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

रुसका विदेशमन्त्रीसामु छायाँमा परेका प्रधानमन्त्री देउवा


काठमाडौँरुसका विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका शिलशिलमा भारतमा छन्।हिजो देखि जारी उनको भ्रमणमा आज उच्चपदस्थ व्यक्तिहरुसंग भेट गरिरहेका छन् ।आजैै दिउँसो नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । तर भारतमा देउवाको भ्रमण रुसका विदेशमन्त्रीको आगमनको छायाँमा परेको छ ।

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले हैदरावाद हाउसमा आज भारतका विदेशमन्त्री एस जयशंकरसंग भेटवार्ता गरेका छन् । उनले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेटवार्ता गर्नेछन् । चीन भ्रमण सकेर रुसका विदेशमन्त्री सर्गेइ भारत पुगेका हुन् ।भारतीय कुटनैतिक संयन्त्र रुसी विदेशमन्त्रीको भ्रमणमा केन्द्रीत भइरहेको छ । भारतीय सञ्चार माध्यमहरुले पनि रुसी विदेशमन्त्रीको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर समाचारहरु सम्प्रेषण गरिरहेका छन् ।

भारतका सर्वाधिक हेरिने आजतक, स्टार न्युज, रिपब्लीक भारत लगायतका टेलिभिजनहरुमा रुसी विदेशमन्त्रीका समाचारहरुले स्पेस पाएका छन् । युक्रेन र रुसको जारी युद्धका कारण पनि रुसी विदेशमन्त्रीको भारत भ्रमणले बढि प्राथमिकता पाएको हो । भारत भ्रमण अगाडि रुसी विदेश मन्त्री लाभरोभ उत्तरी छिमेकी चीनको भ्रमणमा थिए ।

यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि तीन दिने भ्रमणका शिलशिलामा भारत पुगेका छन् । उनलाई विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्रीले स्वागत गरेका थिए । उनको आज उच्चस्तरीय भेटघाट हुने छैन । साँझ नेपाली राजदुतावासले आयोजना गर्ने रात्रीकालिन भोजमा सहभागि हुनेछन् ।

नेपालका प्रधानमन्त्रीको भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले समाचारको प्राथमिकतामा राखेको देखिँदैन । आजै राती रुसी विदेशमन्त्री स्वदेश फर्कदै छन् भने नेपालका प्रधानमन्त्री देउवाको उच्चस्तरीय भेटभाट भोली बिहानबाट मात्रै सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार