• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र १९ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र १९ गते,शनिवार२ अप्रिल २०२२।चैत्र शुक्लपक्ष प्रतिपदा तिथि,१२ः०१ बजेदेखि द्वितीया। रेवती नक्षत्र, ११ः३४ बजेदेखि अश्विनी। चन्द्रराशि–मीन,११ः३४ बजेदेखि मेष।वि.सं. चैत १९, २०७८ । ई.सं. २ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल, उत्तरायण वसन्त । शनिबार चैत्र शुक्लपक्ष । तिथि- प्रतिपदा, १२:०१ बजे

उप्रान्त द्वितिय । नक्षत्र- रेवती, ११:३४ बजे उप्रान्त अश्विनी । योग- ऐन्द्र, ८:५२ बजे उप्रान्त वैधृति । करण- वव १२:०१ बजेदेखि वालव, २४:१३ बजे उप्रान्त गर । चन्द्रराशि मीन । आनन्दादि योग धाता । दिनमान ३१।०३ । सूर्योदय ५:५६ । सूर्यास्त १८:२१ । ध.पञ्चक स. ११:३४, चन्द्रोदय: निमको पात खाने, चोभारमा आदिनाथ स्नान, वत्सरारम्भ, तैलाभ्यङ्ग, भद्रकालीपिठलिङ्गोपतन, बैतडी गुजर बनारसी मन्दिर मा कोटिहोम मेला प्रारम्भ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर सहयोगी र नातागोताको साथ मिल्नेछ । वैदेशिक काम पनि बन्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कमहरू आगाडि बढ्नेछन्, तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सम्मान प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार