• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र २० गते आइतवार, श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र २० गते, आइतवार, ३ अप्रिल २०२२। चैत्र शुक्लपक्ष द्वितीया तिथि, १२ः३३ बजेदेखि तृतीया। अश्विनी नक्षत्र, १२ः४२ बजेदेखि भरणी। चन्द्रराशि– मेष।वि.सं. २०७८ चैत्र २० गते आइतवार तदनुसार ई. सं. २०२२ अप्रिल ०३ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४३, (चौलाथ्व) , इटहरी,

सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:१३ बजे, चन्द्रोदय : बिहान ०७:१३ बजे र चन्द्रास्त : साँझ ०७:१३ बजे,आज : वासन्ती नवरात्रअन्तर्गत द्वितीय दिवस (श्री ब्रह्मचारिणी भगवतीको पूजादि), मत्स्य जयन्ती, मत्स्यनारायण मेला, मुस्लिम धर्मावलम्बीहरूको एक महिने व्रत रमादान प्रारम्भ, आजको मूहुर्त : ब्रतबन्ध (उपनयन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), द्रव्यप्रयोग वा लगानी, दैलो राख्ने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको साथ मिल्नेन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बन्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार