• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ चैत्र २३ गते बुधवार, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ चैत्र २३ गते, बुधवार ६ अप्रिल २०२२। चैत्र शुक्लपक्ष पञ्चमी तिथि, १६ः५२ बजेदेखि षष्ठी।राेहिणी नक्षत्र,१८ः४६ बजेदेखि मृगशिरा।चन्द्रराशि–वृष।चैत्र शुक्लपक्षको पञ्चमी तिथि, साँझ ०४:५५ बजेसम्म, त्यसपछि षष्ठी तिथि, रोहिणी नक्षत्र, साँझ ०६:४८ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, बिहान

०८:०८ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा बालब करण साँझ ०४:५५ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०५:५५ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाट पनि लाभ नै रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार