• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०७८ चैत्र २७ गते आइतवार, यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०७८ चैत्र २७ गते आइतवारतदनुसार ई.सं. २०२२ अप्रिल १० तारिख, चैत्र शुक्लपक्षको नवमी तिथि, मध्यरात्रीपछि १२:४२ बजेसम्म, त्यसपछि दशमी तिथि, पुष्य (तिष्य) नक्षत्र, भोलि बिहान ०४:४१ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, बिहान १०:१७ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा

बालब करण दिउँसो ११:५४ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि १२:४२ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०९:१२ सम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार