• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ वैशाख ६ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ वैशाख ६ गते,मंगलवार१९ अप्रिल २०२२। वैशाख कृष्णपक्ष तृतीया तिथि। विशाखा नक्षत्र,प्रातः ६ः१० बजेदेखि अनुराधा। चन्द्रराशि– वृश्चिक। वैशाख कृष्णपक्षको तृतीया तिथि, साँझ ०७:३६ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, विशाखा नक्षत्र, बिहान ०६:१७ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, भोलि बिहान ०४:४४ बजेसम्म, अन्तिममा ज्येष्ठा नक्षत्र

(नक्षत्र टुटेको दिन) चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, साँझ ०७:५५ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा वणिज करण बिहान ०८:४४ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण साँझ ०७:३६ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ र मङ्गल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान हराउने वा चोरी हुने भय छ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढेपनि श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राज्यबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो हुँदै जानेछ । सेयरबजार र कृषि कारोबारमा अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिष्ठा कमाउने बेला छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज शेयरबजारबाट लाभ मिल्नेछ । वैदेशिक कारोबारमा अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चलनेछ र सफल यात्रा पनि हुनेछ ।राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार