• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले ले गर्यो विराटनगर, धरान र इटहरीको उम्मेदवार सिफारिस, द्वारिकालाल को नाम काट्यो प्रदेश कमिटीले


विराटनगर। नेकपा एमालेको प्रदेश १ कमिटीले विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीलाई सिफारिस गरेकोछ ।मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की,महेश भट्टराई र रामलाल साहको नाम सिफारिस

गरेको एमाले प्रदेश १ कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए ।प्रदेश कमिटीले सुझावको रुपमा प्रदेश १ सरकारका पूर्वमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको नाम पनि सिफारिस गरेको छ ।उपमेयरको उम्मेदवारका लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको छ ।एक जनामात्र उम्मेदवार सिफारिस गर्ने प्रयास गरेपनि सहमति जुट्न नसक्दा महानगरको मेयरमा पाँच जनाको नाम सिफारिस भएको प्रदेश कमिटीले जनाएको छ ।इटहरी उपमहानगरपालिकामा प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ ।

नगर कमिटीले सिफारिस गरेका मेयरसहित दुई जनाको नाम भने प्रदेश कमिटीले कटौती गरेको छ । मेयर द्वारिकलाल चौधरी र रेवती घिमिरेको नाम प्रदेश कमिटीले केन्द्रमा पठाएन ।
प्रदेश सचिव पाठकले चौधरीको नाम तल्लो कमिटीबाट नआएका कारण प्रदेशले सिफारिस नगरेको दाबी गरे । उनले उपमेयरको उम्मेदवार छनोटका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरेको बताए ।

धरानको मेयरमा एमालेले मोतीराज सुनुवार, मञ्जु भण्डारी, बिजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरेको छ ।नगर कमिटीले ११ जनाको नाम पठाएकामा प्रदेशले रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला, तीर्थ मास्केको प्रदेश कमिटीले कटौती गरेको छ ।

प्रदेश कमिटीले उपमेयरमा भने पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार