• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ वैशाख १२ गते साेमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ वैशाख १२ गते,साेमवार,२५ अप्रिल २०२२।वैशाख कृष्णपक्ष नवमी तिथि,प्रातः ५ः४३ बजेपछि दशमी(क्षयतिथि)। धनिष्ठा नक्षत्र।चन्द्रराशि– मकर,८ः१७ बजेपछि कुम्भ।वैशाख कृष्णपक्षको नवमी तिथि, बिहान ०५:४३ बजेसम्म,त्यसपछि दशमी तिथि,भोलि बिहान ०३:५७ बजेसम्म, अन्तिममा एकादशी तिथि (तिथि टुटेको दिन), धनिष्ठा नक्षत्र, साँझ ०७:४७ बजेसम्म, त्यसपछि

शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, बिहान ०८:१७ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, शुक्ल योग, मध्यरात्रीपूर्व ११:२४ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा गर करण बिहान ०५:४३ बजेसम्म, त्यसपछि वणिज करण दिउँसो ०४:५० बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : शुभ, चन्द्रवर्ण : कालो (बिहान ०८:१७ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पारिवारिक सुख पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अधुरो कामको थालनी हुनसक्छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ र नयाँ कार्यको थालनी हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आज झुट बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योजना बन्ने योग छ । चिन्ता छाडेर मनन चिन्तन गर्ने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार