• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

इटहरीमा नेकपा एसका उम्मेदवार नै एमाले प्रवेश


इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा उमेदवार दिएकी एक उमेदवार एमाले प्रवेश गरेकी छन् । एसबाट वडा ३ मा वडा सदस्य पदमा उमेदवार दिएकी फलमाया पुलामी मगर एमाले प्रवेश गरेकी हुन् ।उनलाई एमाले प्रदेश सदस्य हिमाल सुवेदी, एमालेबाट इटहरी

उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बा, उप–मेयर पदकी उमेदवार संगिता चौधरी र एमालेका अन्य नेता कार्यकर्ताले एमालेमा स्वागत गरेका हुन् । पुलामी मगर आजै देखि एमालेको घरदैलो अभियानमा हिडेकी छन् । उनले वाटो विराएकाहरुलाई एमालेमै फर्कन आग्रह समेत गरेकी छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार