• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ वैशाख २६ गते साेमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ वैशाख २६ गते, साेमवार, ९ मे २०२२। वैशाख शुक्लपक्ष अष्टमी तिथि,१४ः३९ बजेदेखि नवमी। अश्लेषा नक्षत्र, १३ः५० बजेपछि मघा। चन्द्रराशि–कर्कट, १३ः५०
बजे उप्रान्त सिंह। वैशाख शुक्लपक्षको अष्टमी तिथि, दिउँसो ०२:४२ बजेसम्म, त्यसपछि नवमी तिथि,अश्लेषा नक्षत्र, दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा,

दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि सिंह राशिमा,बृद्धि योग, साँझ ०५:५५ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा बब करण दिउँसो ०२:४२ बजेसम्म, त्यसपछि बालब करण भोलि बिहान ०३:११ बजेसम्म, अन्तिममा कौलव करण,आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : सेतो (दिउँसो ०१:५२ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (दिउँसो ०१:५२ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चलाखीपूर्ण बोलीले काम सफल होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च होला, तर आफन्तको साथ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । खानपिनमा विचार गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । खेल र मनोरञ्जनमा सहभागी भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभ कार्यको चर्चा र नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नजिकको यात्राको योग पनि छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कामको योजना बन्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्य अघि बढ्नेछ । शेयर बजारबाट पनि लाभ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार