• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ वैशाख २७ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ वैशाख २७ गते, मंगलवार, १० मे २०२२। वैशाख शुक्ल पक्ष नवमी तिथि, १५ः२७ बजेदेखि दशमी। मघा नक्षत्र, १५ः१८ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि– सिंह।
वैशाख शुक्लपक्षको नवमी तिथि,दिउँसो ०३:३० बजेसम्म, त्यसपछि दशमी तिथि, मघा नक्षत्र, दिउँसो ०३:२० बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त),

ध्रुव योग, साँझ ०५:३० बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा कौलव करण दिउँसो ०३:३० बजेसम्म, त्यसपछि तैतिल करण भोलि बिहान ०३:४२ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजिकको यात्राको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार