• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ वैशाख २८ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ वैशाख २८ गते,बुधवार, ११ मे २०२२। वैशाख शुक्लपक्ष दशमी तिथि, १५ः४५ बजेदेखि एकादशी। पूर्वफाल्गुनी नक्षत्र, १६ः१५ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि–
सिंह।वैशाख शुक्लपक्षको दशमी तिथि, दिउँसो ०३:४७ बजेसम्म, त्यसपछि एकादशी तिथि,पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो ०४:१६ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा,

बेलुका १०:२५ बजेसम्म, त्यसपछि कन्या राशिमा,व्याघात योग, दिउँसो ०४:४१ बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा गर करण दिउँसो ०३:४७ बजेसम्म, त्यसपछि वणिज करण भोलि बिहान ०३:४५ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्ति हात पर्न सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता नै मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ । स्वास्थ्य समस्यामा सुधार आउनेछ । आर्थिक कारोबार विस्तारै सुधार उन्मुख हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक र कृषिको काममा बढी सफलता मिल्नेछ । बढी परिश्रम गर्दा बढी धनार्जन हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट हुनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार