• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

रेनु भर्सेस विजय : भरतपुर महानगरकाे मतगणना सुरु


भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो ।

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।
भरतपुर महानगरपालिकाको मतगणनास्थल तस्बिरमा हेर्नुहोस्
भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न लागिएको छ । यसअघि ९ बजेदेखि नै मतगणना सुरु हुने भनिएपनि प्राविधिक कार्यहरु बाँकी रहेकाले सुरु हुन ढिलाइ भएको हो ।

अब भने मतगणना सुरु गर्नका लागि गणकहरु भरतपुरस्थित मतगणनास्थलमा प्रवेश गरिसकेका छन् ।
भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार