• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

दमकमा एमालेले फेरि उछिन्यो महागठबन्धनलाई


झापाको दमकको प्रमुखमा नेकपा एमालेले महागठबन्धनलाई फेरि उछिनेको छ । एमालेकी उम्मेदवार गीता अधिकारीले महागठबन्धनका उम्मेदवार रामकुमार थापालाई पछि पारेकी हुन् ।

एमालेकी अधिकारीले १० हजार ७ सय ९३ मत पाउँदा महागठबन्धनका थापाले १० हजार ६ सय ७० मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अम्बिका खनाल अगाडि देखिएका छन् । उनले १० हजार ५ सय ४३ मत पाउँदा महागठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी रेगिना भट्टराईले १० हजार ३ सय ६२ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार