• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ जेठ ११ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ जेठ ११ गते, बुधवार, २५ मे २०२२। ज्येष्ठ कृष्णपक्ष दशमी तिथि, १३ः५४ बजेपछि एकादशी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन। ज्येष्ठ कृष्णपक्षको दशमी तिथि, दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि एकादशी तिथि, उत्तराभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०२:२० बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, मध्यरात्रीपछि ०१:५४ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०१:३३ बजेसम्म,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै कुराले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ, तर स्वास्थ्य प्रति चैं सजग रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । शत्रु पराजित पनि हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार