• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ जेठ १३ गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ जेठ १३ गते, शुक्रवार, २७ मे २०२२। ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि, १३ः१६ बजेपछि त्रयाेदशी। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष। ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि, दिउँसो ०१:१४ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, अश्विनी नक्षत्र, भोलि बिहान ०३:४१ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, मध्यरात्रीपूर्व

११:४८ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा तैतिल करण दिउँसो ०१:१४ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:२६ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजार र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । बुद्धि र विवेकको प्रयोग गर्न सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वादिष्ट भोजन पनि मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् , तर शेयर बजार र ठेक्का पट्टाको काममा भने नोक्सानी हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार