• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

नागरिकता विधेयकमा एमालेले ब्यूँतायो ७ वर्षे प्रावधान


काठमाडौंनेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकोछ। सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने

प्रस्ताव गरेको हो ।एमाले सांसदहरु कृष्णभक्त पोखरेल, विन्दा पाण्डे, शान्तिमाया पाख्रिनलगायतले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।संशोधन प्रस्ताव दर्ता गराउनेमध्येकी एक सांसद शान्तिमाया पाख्रिनले भनिन्, ‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएकाले संशोधन प्रस्ताव दर्ता गराएका हौं ।’
सरकारले ल्याएको नागरिकता विधेयकप्रति पुष्पा भुसाल असन्तुष्ट
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९’ ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सचेतक भुसालले बुबाको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट वंशजको नागरिकता दिने संविधानमा उल्लेख गरिएको विषयलाई पनि सरकारले सो संशोधन विधेयकमा स्पष्टसँग समेटन नसकेको गुनासो गरिन् ।उनले तेस्रो लिंगीले पनि नागरिकता पाउने अधिकारलाई सो संशोधन विधेयकले बेवास्ता गरेको उल्लेख गर्दै त्यसको स्पष्ट व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सचेतक भुसालले भनिन्, ‘नेपालको संविधानले आमा र बुबाको नाममा नागरिकता पाउने व्यवस्था गरेको छ । तर त्यो कुरालाई अहिलेको ऐनले स्पष्ट रुपमा समेटेको हामीले देखेनौं । त्यस्तै किसिमबाट हामीले अहिलेको संविधानमा बाबुको पहिचान नभएमा आमाको नामबाट बंशजको नागरिकता दिने भनेर स्पष्ट रुपबाट व्यवस्था गरेको छ । तर अहिलेको संशोधनमा आउँदै जाँदाखेरी बच्चा र आमाको अधिकारमाथि ठूलो प्रश्न चिन्ह खडा गरिएको छ । कम्तीमा आमा र बालबालिकाको अधिकारलाई त्यो स्वाभिमानलाई बचाउनका लागि त्यो आवश्यक छ । तेस्रो लिंगीले नागरिकता पाउन कुरालाई पनि यो संशोधन विधेयकले समेटन सकेको छैन । म यस सम्बन्धमा नेपाल सरकार गृहमन्त्रीजीको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार