• २०८१ भाद्र २६ गते बुधवार
  • Preeti To Unicode

एकीकृत समाजवादीको ठूलो पंक्ति एमालेमा आउँदैछ : सुरेन्द्र पाण्डे


जनकपुरधाम । प्रतिपक्षी नेकपा एमाले का उपाध्यक्ष सुरेन्द्र पाण्डे ले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको ठूलो पंक्ति माउ पार्टी एमालेमै फर्किन
लागे को खुलासा गरेका छन् ।सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम मा एकीकृत समाजवादी को ठूलो पंक्ति एमालेमै फर्किन लागेको खुलासा गरेका हुन् ।

समाजवादीबाट कोको फर्किन लागे भन्ने विषयमा भने उनले खुलाएनन् । तर, समाजवादीको ठूलो टिम एमालेमा फर्किन लागेको भने खुलाए ।उपाध्यक्ष पाण्डेले समाजवादीका नेताहरु माओवादी जान नसक्ने र आफ्नो अस्तित्वको रक्षा पनि गर्न नसक्ने दाबी पनि गरेका छन् । उनका अनुसार माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ ।उपाध्यक्ष पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको बारे पनि टिप्पणी गरेका छन् । उनले भारतबाट आउनेवित्तिकै प्रचण्डले चीन पनि जान्छु भनेपछि मोदीले भेट नगरेको पनि ठोकुवा गरे ।

एआईजी पोखरेलले दिए पदबाट राजीनामा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर एआइजी पोखरलले पदबाट राजीनामा दिएका हुन् ।आफूभन्दा जुनियर धिराजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले आईजीपी बनाएपछि उक्त निर्णयविरुद्ध पोखरेलले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । तर, गत शुक्रबार सर्वोच्चले आईजीपी नियुक्तीमा प्रश्न उठाउने ठाउँ नभएको आदेश दिएपछि पोखरेल सामू दुई विकल्प थिए– पदबाट राजीनामा दिने कि अवकास पाउनै लागेको जागिर केही समयसम्म खाने ।

यी दुई विकल्पमध्ये सोमबार उनले पहिलो विकल्प रोजेका छन् । अब उनको राजीनमा आईजीपीमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । त्यसपछि उनको राजीनामा मन्त्रिपरिषदले नै स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार