• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

सांसद नविना लामा भाइरल


काठमाडौँसांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा

सांसद लामाले स्वास्थ्य समस्या जस्तो गम्भीर विषय सदनमा उठाएकी थिइन् ।उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् । तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् ।उनले लिखित रुपमा पढेको भाषण बच्चाले पाठ पढेको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । उनले अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया रोकिएको छ भन्नुपर्नेमा अक्सीमिटरको अभावमा मुटुको सलानकिरा रोकिएको छ भन्न पुगेकी थिइन् ।

मेयर बालेन्द्र शाहद्वारा प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले कुनै अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार