• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

परिवारसँग लफडा गर्दागर्दै हनिट्रयापको धन्दा


सिन्धुलीको कमलामाई नगरपालिका –६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेत २०७५ पछि प्रहरी कार्यालयमा धाउन छाडेकी छैनन् । जिल्ला प्रहरी कार्यालय सिन्धुली र काठमाडौं का प्रहरी युनिटमा बारम्बार भेटिने पात्र हुन् कल्पना । २०७५ फागुनमा उनले आफ्नो भाञ्जाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिइन् । भाञ्जाले

अश्लिल भिडियो आफूलाई पठाएको र सार्वजनिक ठाउँमा कुटेको उनको आरोप थियो । काठमाडौंको बौद्धमा आफूलाई कन्ट्याक्ट किलर प्रयोग गरेर हत्या प्रयास गरेको आरोपमा कल्पनाले बौद्ध प्रहरीमा उजुरी गरिन् । आफ्नी सासु विष्णु कुमारी खड्काले २०६९ सालमा छोराको हक मारेर करोडौंको सम्पती छोरी निरुकुमारी खड्कालाई बकसपत्र गरेर दिएको र त्यसविरुद्ध आवाज उठाउँदा हत्या प्रयास भएको उनको दाबी छ । २०७८ माघमा महांकालस्थित डेरामा आमाजु र सासुसहितका पारिवारिक सदस्य मिलेर आफ्नो हत्या गर्न ४० लाखको सुपारी दिएको कल्पनाको आरोप छ । परिवारसँग उनले अदालतमा अंश मुद्दा लडिरहेकी छिन् । काठमाडौं र सिन्धुलीका सडकमा न्यायको आवाज उठाएर प्रदर्शनमा उत्रिएकी कल्पना अहिले ‘हनि ट्रयाप’मा पारेर व्यापारीसँग ४० लाख बार्गेनिङ गरेको कसुरमा प्रहरीको हिरासतमा छिन् ।

हनि ट्रयापमा पारेर व्यापारीलाई फसाउन खोजेको आरोपमा साउन १ मा कल्पनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । हनिट्रयाप धन्दा चलाएको आरोपमा कल्पनासँगै उनको श्रीमान ३१ वर्षीय कृष्णहरी खड्का र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

फन्दामा जुत्ता–चप्पल व्यापारी
बौद्ध क्षेत्रमा बस्ने कल्पना एकदिन चावहिलस्थित चप्पल पसमा थिइन् । त्यहाँ जुत्ता–चप्पल व्यापारी पैसा उठाउँदै आइपुगे । सामान्य परिचयसँगै कल्पनाले ती व्यापारीको फोन नम्बर लिइन् । उनीहरुको बीचमा कुरा हुन थाल्यो ।

१५–२० दिनमा सामाजिक संजालमा लामो च्याट हुनु दुवैका लागी दाल–भात जस्तै भइसकेको थियो । दुईपटक क्याफेमा भेटघाट गरे । सम्बन्ध अन्तरंग भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको होटलमा भेट्ने सल्लाह गरे । व्यापारीले होटलमा कोठा बुक गरेका थिए । दुवैजना होटलमा गए । कोठामा पुगेपछि कल्पना रिसाएर फर्किइन् । कल्पना हिँडेको केही मिनेटमै उनका पति कृष्णहरी खड्काले फोन गरेर ती व्यापारीलाई भने–‘मेरी श्रीमतीलाई घुमाउने, अब देखाइदिन्छु !

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार