• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन ६ गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन ६ गते, शुक्रवार, २२ जुलाई २०२२।श्रावण कृष्णपक्ष नवमी तिथि,१२ः३७ बजेदेखि दशमी। भरणी नक्षत्र, १९ः५८ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष। श्रावण कृष्णपक्ष (दिल्लागा) नवमी तिथि, दिउँसो १२:३५ बजेसम्म, त्यसपछि दशमी तिथि, भरिणी नक्षत्र, बेलुका ०७:५८ बजेसम्म,त्यसपछि कृतिका नक्षत्र,चन्द्रमा मेष राशिमा,मध्यरात्रीपछि ०२:२०

बजेसम्म, त्यसपछि बृष राशिमा, शूल योग, साँझ ०४:५१ बजेसम्म, त्यसपछि गण्ड योग सुरुमा गर करण दिउँसो १२:३५ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि १२:५९ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, आनन्दादि योग : मुद्गर, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व (दिउँसो १२:३५ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथिको आगमन हुनेछ । सङ्गीतमा रुचि पनि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । वैदेशिक काम अघि बढ्ने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सानो भूलका कारण गरेको काममा बाधा आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोबारमा मन्दी आउन पनि सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनार्जन हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक लगानीको अवसर जुट्ने छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार