• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मौद्रिक नीति राष्ट्र बैंक सञ्चालक समितिबाट पारित, ४ बजेपछि लाइभ गरिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति पारित गरिसकेको छ ।​अब अपराह्न ४ बजेपछि लाइभमार्फत मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यस वर्षको मौद्रिक नीति केही कठोर हुने

गभर्नर महाप्रसाद अधिकारीले नै बताउँदै आएका थिए ।यसपालि राष्ट्र बैंकले बढ्दो महँगी नियन्त्रणका लागि र आयातमा कडाइ गर्नका लागि भए पनि बैंकको ब्याजदर बढाउनुपर्नेमा जोड दिने देखिएको छ । साथै कारोना महामारीको समयमा दिइएका सुविधाहरु समेत कटौती र परिमार्जन गरिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार