• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

इटहरीकी युवतीसँग फेसबुकमा चिनजानपछि चितवनमा भेट, पोखरा लगेर बलात्कार


फेसबुकबाट भएको चिनजान बलात्कार सम्म पुगेपछि एक युवा प्रहरी हिरासतमा पुगेकाछन् ।युवतीलाई फेसबुकमार्फत चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको
आरोप मा प्रहरी ले नुवाकोट घर भइ राजधानी मा व्यवसाय गर्दै आएका मधुसुदन पाण्डे लाई पक्राउ गरेको हो । प्रहरीका अनुसार फेसबुकबाट बाक्लो कुराकानी हुन थालेपछि मधुसूदनले

इटहरीकी युवतीलाई भेट्न बोलाए । सहमतिअनुसार एक्लै युवती चितवन आइन् । यस्तै अरु तीन जना साथीसहित काठमाडौंबाट चितवन पुगेका मधुसूदनले युवतीलाई घुम्ने बहानामा असार २२ गते त्यहीँबाट पोखरा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पोखरा लगेपछि चारै जना पोखरास्थित होटलमा बास बसे । सो क्रममा मधुसुदन र अर्का एक जनाले उनलाई बलात्कार गरेको युवतीको आरोप छ । घटनापछि युवतीले काठमाडौं आएर प्रहरी वृत्त मालीगाउँमा आफू बलात्कृत भएको उजुरी दिएकी थिइन् । उजुरी लगत्तै प्रहरीले पाण्डेलाई राजधानीको बालाजुबाट असार २५ गते पक्राउ गरेको हो । पक्राउपछि उनलाई कारबाही प्रक्रियाका लागि पोखरा लगेर अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले अभियुक्तमाथि बलात्कार मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको बताए । यस्तै बलात्कारमा संलग्न भनिएका अर्का एक जनासहित पाण्डेसँग गएका ४ जना फरार रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार