• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

“फुटको अन्तिम संघारमा, माओवादी केन्द्र ,बोल्ड डिसिजनको तयारीमा, नारायणकाजी श्रेष्ठ !


“सत्तारुढ दल नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । अब त अतीनै भयो सहनै नसक्ने गरि प्रचण्डले पाइला पाइलमा देशहित विपरितको काम गर्न थाले भनेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ बोल्ड डिसिजनको तयारीमा लागेका छन्।”पछिल्लो प्रकरण नागरिकता विद्ययेक पारित भए पछि फेरी नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल

दहाल प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठ विचको सम्बन्ध चिसिएको छ । पुषको ठण्डीभन्दा पनि चर्कोसँग प्रचण्ड र श्रेष्ठको सम्बन्ध चिसिएको छ “अलीअली गर्दै प्रचण्ड काग्रेसको पुच्छर बनेर लतारिएको र देशलाईनै धोका हुने खालको काम लगातार गर्दै गएको भन्दै श्रेष्ठ समुह अब प्रचण्डसँग वारकी पारको अवस्थामा पुगेका बताइन्छ । विशेष सुत्र बाट ओटिभी नेपाल डटकमले प्राप्त गरेका सुचना अनुसार यसरी कति दिन जान सकिन्छ ? भनेर श्रेष्ठले आफ्ना निकटस्थहरुसँग गम्भिर परामर्श थालेका छन् ।””एमसीसी पारित गर्ने बेलामा प्रचण्डले जस्तो खालको रबैया देखाए अहिले नागकिकता विद्ययेक पारित गर्ने बेलामा पनि त्यस्तै अवतार प्रचण्डले देखाएको भन्दै श्रेष्ठ आक्रोसित भएका छन् । उनले सामाजिक संजालमानै लामो स्टाटस लेखेर चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।”

“माओवादी केन्द्रमा स्पष्ट दुई कित्ता देखिएको छ । नागरिकता विद्ययेक पारित हुने वित्तिकै प्रचण्ड औधी खुशि देखिएका छन् । विद्ययेक पारित भएको भोलिपल्टै उनी कुदेर जनकपुर पुगेका थिए । नागरिकता विद्ययेक पारित भएको खुशीयाली मनाउँन आफु जनकपुर आएको भन्दै प्रचण्डले हाकाहाकी भनिरहँदा यता नारायणकाजी श्रेष्ठ भने नागरिकता विद्ययेक पारित भएकोमा फायर भएका छन् ।””त्यसो त एमसीसी पास भएको बेला देखीनै माओवादी केन्द्र भित्रको विवाद पेचिलो बनेको थियो त्यसबेलै झण्डै झण्डै फुटिसकेको पार्टीलाई टालटुल गरेर प्रचण्डले बचाएका थिए । त्यस बेला प्रचण्डले सार्वजनिक रुपमै नारायणकाजीलाई बस्न मन नभए पार्टी छोडेर गए हुन्छ भनेका थिए ।”

“प्रचण्डबाट पटक पटक अपमानित भएर बसेका श्रेष्ठ अहिले गम्भिर मोडमा पुगेका छन् कित अब प्रचण्डले जे जे गर्छन सहेर लालमोहर लगाएर बस्ने,कित विद्रोह गर्ने मुडमा उनी पुगेको बताइन्छ । एमसीसीको चर्को विरोध गरेका श्रेष्ठले यो बिषयमा पार्टीमा कुरा समेत गर्न पाएका छैनन् ।””महाधिवेशन पछि पदाधिकारी समेत चयन नगरी एक्लै प्रचण्डले पार्टी चलाइरहेका छन् । श्रेष्ठ समूहले पटक पटक एमसीसीको विषय पेचिलो ढंगले पार्टीमा उठाउँन खोजे पनि प्रचण्डले रोकेर राखेका छन् । सुरुमा स्थानिय तहको चुनाव पछि यो बिषयमा कुरा गर्ने अहिले थाँति राख्ने भनेर रोकेका प्रचण्डले फेरी संघिय चुनाव पछि मात्रै कुरा गर्ने भनेर भाका सारेका छन् ।”

“राष्ट्रियताको विषयमा पार्टी भित्र छलफल समेत गर्न नदिने र काग्रेसले जे जे भन्यो त्यहि कुरामा ल्याप्चे लगाउँदै हिड्न थाले पछि अब प्रचण्डको बेइमानीको साझेदार बन्न हुँदैन भन्दै नारायणकाजीले आफु निकटका नेताहरुसँग गम्भिर विमर्श थालेका छन् ।””श्रेष्ठले आफु निटक नेताहरु लिलामणी पोखरेल , गिरिराजमणी पोखरेल लगायतसँग गम्भिर विमर्श गरेको खबर छ । एक पटक पार्टीको केन्द्रिय समितिकै बैठकमानै खुलस्त कुरा राख्ने र छोड्नु पर्यो भने पनि त्यस पछि छोड्ने भन्ने लाइनमा रहेको श्रेष्ठ समूह प्रचण्डले बैठक राखेर बोल्न समेत नदिन खोजे पछि रुष्ट भएको छ ।”

“प्रचण्डसँग निकै रुष्ट भएका नारायणकाजीले बोल्ड डिसिजनको तयारी गरेको बताइन्छ । पार्टी विभाजन सम्मै पुग्न सक्ने पनि बताइएको छ । त्यसो त नारायणकाजी श्रेष्ठ पछिल्लो समय बाम एकताको पहल पनि गरिरहेका छन् । प्रचण्ड काग्रेससँगै गठबन्धन गरेर जाने पक्षमा छन् भने श्रेष्ठ एमाले लगायतका बामपन्थीदलसँग गठबन्धन गर्नु पर्ने पक्षमा देखिन्छन् ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार