• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

एसपीपी अस्वीकृत पत्र अमेरिकालाई नपठाएपछि भीम रावलले भने – सरकार कहाँ छ, यो देशमा छ कि अन्तै ?


काठमाडौं : सांसद भीम रावलले अहिलेसम्म पनि सरकारले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।आइतबार संसद‍्मा बोल्दै रावलले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) बारे संसद र संसदीय समितिको सर्कुलरलाई यो सरकारले सुनेपनि नसुनेझै गरेको भन्दै आपत्ती जनाए।

उनले भने, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) को सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ ? भनेर यो सम्मानित सदनलाई जानकारी गराउन सम्माननीय सभामुखज्यूले निर्देशन दिएको ५ दिन पुग्यो । एसपीपीको पत्र पठाएको के छ भनेर निर्देशन दिएको ५ दिन पुग्यो । सरकार कहाँ छ यो देशमा छ कि अन्त कतै छ ?’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय र संसदको निर्देशन पनि यो सरकारले नसुनेको बताए ।

उनले भने,’सम्माननीय सभामुखले दिएको निर्देशन पनि नसुन्ने सरकारले कहिलेदेखि कान सुन्नलाई कहिलेदेखि सर्वणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ।’ उनले नेपाल सम्झौता पीडित देश भएको बताए ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार