• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन ११ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन ११ गते, बुधवार, २७ जुलाई २०२२। श्रावण कृष्णपक्ष चतुर्दशी तिथि, २०ः२३ बजेदेखि औंसी। पुनर्वशु नक्षत्र। चन्द्रराशि–मिथुन।श्रावण कृष्णपक्ष (दिल्लागा) चतुर्दशी तिथि, बेलुका ०८:२१ बजेसम्म, त्यसपछि अमावस्या तिथि,पुनर्वसु नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा मिथुन राशिमा, मध्यरात्रीपछि १२:३८ बजेसम्म, त्यसपछि कर्कट राशिमा,हर्षण

योग, साँझ ०६:२४ बजेसम्म, त्यसपछि वज्र योग, सुरुमा विष्टि/भद्रा करण बिहान ०७:२० बजेसम्म, त्यसपछि शकुनि करण बेलुका ०८:२१ बजेसम्म, अन्तिममा चतुष्पाद करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : गद, चन्द्रवणर् : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम (बेलुका ०८:२१ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद यात्राको योग छ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सुखद् एवं धार्मिक यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नजिकैको व्यक्तिबाट सहयोग मिल्नेछ । रमाइलो यात्राको योग छ र कुनै कुराले मनमा खुसी पनि मिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा शुभ समाचार मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता र व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने र ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा समस्या बढ्न सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा बिवाद पनि आउला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार