• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके काठमाडौंको फोहोर बोकेका गाडी


काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले

रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टाराईले बताए ।काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो । आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा हिंडेका थिए ।फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

स्थानीयवासिन्दाले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार