• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एक हजार चोरेको रिसमा पत्नीको ह’त्या


बुटवल । रुपन्देहीमा पत्नी हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादुर थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्री थापा क्षेत्रीको मृत्यु भएको खुलेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक

हजार रुपैयाँ झिकेकी थिइन् । राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ ।

सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको बताइएको छ ।यो त्रैमासिक अवधिमा मेटाको कूल आम्दानीमा १ प्रतिशत गिरावट आएर २८ अर्ब ८० करोड डलर कायम भएको छ ।

जुन महिनामा औषतमा हरेक दिन १ अर्ब ९७ करोड मानिसले फेसबुक लगइन गरेका छन् । मार्च महिनामा यो संख्या १ अर्ब ९६ करोड थियो ।त्यस्तै मेटा कम्पनीका कुनै एउटा एप प्रयोग गर्ने दैनिक प्रयोगकर्ताको संख्या जुन महिनामा २ अर्ब ८८ करोड पुगेको रिपोर्टमा उल्लेख छ । मार्च महिनामा यो संख्या २ अर्ब ८७ करोड थियो ।

मेटाका अनुसार प्रयोगकर्ताहरुले फेसबुक तथा अन्य एपमा बिताउने समयमा वृद्धि भएको भएपनि गत त्रैमासिकमा कम्पनीको खुद नाफामा २० प्रतिशतले गिरावट भएर ७ अर्ब ४० करोड कायम भएको छ ।विश्लेषकहरुका अनुसार मेटाले वर्षौँदेखिको व्यापक वृद्धिसँगै यसको उच्चतम विन्दु पार गरिसकेको हुनसक्दछ । जसका कारण अब मेटा निरन्तर ओरालो यात्रामा जानसक्छ ।

टिकटक लगायतका प्रतिस्पर्धी प्लाटफर्महरुले फेसबुक तथा इन्स्टाग्राम लगायतको लोकप्रियतामा तिव्र क्षयिकरण गराएको र विज्ञापन व्यवसायमा पनि मेटाले अन्य धेरै कम्पनीहरुसँग तिव्र प्रतिस्पर्धा गर्नु परेको छ ।विश्व विज्ञापन बजारको २० प्रतिशत भन्दा धेरै हिस्सा ओगट्ने मेटाले लगानी कर्ताहरुलाई सचेत गराउँदै आगामी महिनाहरुमा विज्ञापनबाट हुने आम्दानीमा अझै गिरावट आउन सक्ने जनाएको छ ।

महामारीको अवधिमा इ कमर्श व्यवसायमा भएको खर्च उच्च विन्दुमा पुगेकोमा महामारी मथ्थर भएसँगै त्यसमा कमी आएको साथै विज्ञापनदाता कम्पनीहरु मूल्यवृद्धि तथा युक्रेन युद्ध लगायतका कारणले खर्च गर्न अन्कनाइरहेको हुँदा आगामी दिनमा मेटाको विज्ञापनिक आम्दानीमा अझै गिरावट आउनसक्ने जनाएको छ ।

मेटा कम्पनीका सिइओ मार्क जुकरबर्गले कम्पनीको आम्दानीमा भैरहेको सुस्ततासँगै आगामी दिनमा नयाँ कर्मचारी भर्नाको कामलाई निरन्तर रुपमा घटाउँदै जानुका साथै भर्चुअल रियालिटी प्लाटफर्म होरिजन तथा मेटाभर्स लगायतका नयाँ क्षेत्रमा लगानी स्थानान्तरण गर्ने योजना रहेको बताएका छन् । बीबीसीबाट

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार