• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन १३ गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन १३ गते, शुक्रवार, २९ जुलाई २०२२। श्रावण शुक्लपक्ष प्रतिपदा तिथि। तिष्य नक्षत्र, ९ः४६ बजेदेखि अश्लेषा। चन्द्रराशि–कर्कट।श्रावण शुक्लपक्ष (गुँलाथ्व) प्रतिपदा तिथि, मध्यरात्रीपछि १२:०२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, पुष्य (तिष्य) नक्षत्र,बिहान ०९:४७ बजेसम्म,त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), सिद्धि

योग, बेलुका ०७:३० बजेसम्म, त्यसपछि व्यतिपात योग. सुरुमा किंस्तुघ्न करण दिउँसो ११:१३ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि १२:०२ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : उत्पात, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : गुँला धर्म प्रारम्भ, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, डेरा सर्ने, द्वारचक्र, पुराण श्रवण, चुल्लीचक्र/आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १४ गते : चन्द्रोदय (चन्द्रदर्शन), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), १५ गते : श्री वराह जयन्ती, साउनको पन्ध्र (खीर खाने दिन),१६ गते : श्रावणी सोमवारको व्रत, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला, तर साँझमा शुभ समाचार पाइने र पैसा हात पर्नसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको लगानीले लाभ मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन लाभहानी माध्यम रहनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ, तर पुँजी बजारको भने भर हुने छैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार