• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प [अपडेट]


काठमाडौँ —आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकोछ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएकोहो।जिल्लास्थित कान्तिपुर संवाददाताका अनुसार खोटाङ‚सिन्धु पाल्चोक‚

काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार