• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

तारकेश्वर घटना : युके जाने तयारीमा थिइन् सुनिता, भेटियो ४ पेजको ‘सुसाइड नोट’


राजधानीकोतारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत (युके) जाने तयारीमा रहेको पाइएको छ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको रातोपाटीलाई बताए । ‘दुई दिनपछि मृतक मध्येकी सुनिता पाण्डे युके जाने तयारीमा रहेको थाहा भएको छ’, उनले भने, ‘घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि थाहा होला ।’

घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको छ । मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

मेयरको बयान : श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेजस्तो देखिन्छ
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा भएको विभत्स हत्याको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा स्थानीय सरकारका प्रतिनिधिहरु पनि पुगेका छन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताए । ‘तारकेश्वर नगरपालिका वडा नम्बर २ अन्र्तगत पदमसालमा भएको घटना हो । हामीले घटनास्थलमा बुझ्ने क्रममा श्रीमतीको हत्या पश्चात छोराछोरीको हत्या अनि आफैले सुसाइड गरेको जस्तो देखिएको छ ।’

भेटियो ४ पेजको ‘सुसाइड नोट’
तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको काठमाडौंमा जनप्रदर्शन ( भिडियो सहित )
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो ।जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर

भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार