• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

वराह बचत तथा ऋण सहकारी पीडित विरुद् मेयर हर्क साङपाङले हाले प्रहरीमा उजुरी


धरान/वराह बचत तथा ऋण सहकारी पीडित विरुद्ध धरान उपमहनागरका प्रमुख हर्कराज राईले जाहेरी दिएका छन् । सोमबार वराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसहित २जनाको नाममा जाहेरी दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार संघर्ष समिति विरुद्ध २ जनाको नाममा

जाहेरी दर्ता लिएका छौ। उनले भने, ‘जाहेरी आएको छ । व्याक्तिको नाम प्रकाउ नपरुन्जेल गोप्य नै राखेका छौ।’नगरपालिका स्रोतका अनुसार भने ५ जना विरुद्ध जाहेरी दिएका हुन् । आइतबार ११ बजे वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय नगर प्रमुख हर्कराज राईको अभिव्यक्तिसँग आक्रोसित बनेको भीडले राईको कार्यकक्षको झ्याल तोडफोड गरेका थिए । सोही तोडफोड विरुद्ध प्रमुख राईले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

हर्कराईले यसबारे बुझ्दा उनले भने ‘पीडितहरुलाई कुनै समूहले परिचालन गरि अधिकृत सरहका व्यक्तिलाई धम्क्याउने र विरोध शैली पनि उक्साउटमा भएकाले कानुनी प्रकृयामा जानु बाध्य भएको हुँ । पीडितहरु विरुद्ध भन्दा नी मेरो लडाई स्वार्थरत समूह विरुद्ध हो।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार