२०७९ साउन १८ गते, बुधवार, ३ अगस्ट २०२२। श्रावण शुक्लपक्ष षष्ठी तिथि। हस्त नक्षत्र, १६ः०७ बजेदेखि चित्रा। चन्द्रराशि– कन्या। श्रावण शुक्लपक्ष (गुँलाथ्व) षष्ठी तिथि, मध्यरात्रीपछि ०१:५१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, हस्ता नक्षत्र, दिउँसो ०४:०८ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि ०४:०६ बजेसम्म, त्यसपछि
तुला राशिमा, सिद्धि योग, साँझ ०४:३९ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा कौलव करण दिउँसो ०२:१५ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०१:५१ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : आनन्द, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०७:०८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : कल्की जयन्ती, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), वस्त्राभरण, पुराण श्रवण, कलशचक्र, चुल्लीचक्र, हलचक्र
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १९ गते : गोस्वामी तुलसी दास जयन्ती, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, कलशचक्र, २० गते : अष्टमी व्रत, गोरखकाली पूजा, यँल पञ्चदान, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, दीक्षा ग्रहण, कलशचक्र (द्रष्टव्य : दिउँसो १२:०८ बजेसम्म भद्रा रहेको छ), २१ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । धार्मिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अनावश्यक यात्रा हुनसक्नेछ । आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ । गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज चिताएको कामले तीव्रता लिनेछ । व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।