• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

आतंकवादी भनिएका व्यक्ति ‘सुन चोर’ भएको खुलासा, बित्थामा १ घण्टा विमान होल्ड


काठमाडौंबाटभारतको मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज रोकेर प्रहरीको विशेष ब्यूरोले सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गरेकोछ। आतंकवादमा संलग्न व्यक्ति मुम्बई उड्न लागेको भन्दै विशेष ब्यूरोको सूचनाको आधारमा विमानस्थल प्रहरीले जहाज रोकेको थियो । तर, उनी आतंकवादी नभएर सुन चोरीमा संलग्न व्यक्ति भएको खुलासा

भएको हो । विमानस्थलबाट कैलाली घर भएका सन्तोष लामिछानेलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले रातोपाटीलाई बताए । लामिछाने आतंकवादमा संलग्न व्यक्ति होइनन् । उनीमाथि पंजाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप छ ।

बित्थामा ‘सुन चोर’ समात्न प्रहरीले १ घण्टा जहाज होल्ड गरेको छ । भारतको मुम्बई जान लागेको वायुसेवाको विमान चेकजाँचका कारण एक घण्टा रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।

विशेष ब्यूरोको एउटा टोली कैलालीमा सुन चोरीको अनुसन्धानका लागि गएको छ । सो टोलीले भारतमा सुन चोरेर आएका लामिछाने मुम्बई उड्न लागेको सूचना दिएको एकजना उच्च प्रहरी अधिकारीले बताए । विशेष ब्यूरोले आतंकवाद सम्बन्धी गतिविधि र नक्कली नोटबारे अनुसन्धान गर्दै आएको छ । तर,

पछिल्लो समय ‘सुन चोरी’ पनि अनुसन्धान गर्न थालेपछि प्रहरी अधिकारीहरु नै आश्चर्यमा परेका छन् ।विशेष ब्यूरोका प्रमुख डीआईजी अशोक सिंह हुन् । सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गर्न उनी आफैं विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार