• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने


मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले रातोपाटीलाई बताए । बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका

शीर्ष नेताहरू उपस्थित थिए । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ । तर, सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दै आएको छ ।

पेलोसीको ताइवान भ्रमण एक चीन नीति विपरीत : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्म‍ानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यानी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत हो’ खनालले भनेका छन् ।खनालले आफ्नो पार्टी ताइवान र सिंगो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको पनि बताएका छन् । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने पनि उल्लेख गरेका छन् ।

एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवानको ताइपेइ पुगेकी थिइन् ।पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन । तर अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी थिइन् ।

२५ वर्षभन्दा बढी समयपछि ताइवानको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुन् ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार