• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

फेसबुकको मातृ कम्पनी मेटा कम्पनी (सिओओ) द्वारा राजीनामा


काठमाडौंफेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत(सिओओ) शेरिल स्याण्डबर्गले अन्ततःराजीनामा दिएकीछिन्।कम्पनीमा १४ वर्ष लामो कार्यकालमा पूर्णविराम लगाएकी स्याण्डबर्ग कम्पनीमा सिइओ मार्क जुकरबर्गपछि दोश्रो ओहोदामा थिइन्।उनको राजीनामा पश्चात् रिक्त सिओओ पदमा हालका चिफ ग्रोथ अफिसर जाभिएर ओलिभानलाई

नियुक्त गरिएको छ ।मेटाले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा पेश गरेको कागजात अनुसार जाभिएर ओलिभानलाई अगष्ट १ देखि लागू हुनेगरी मेटाले प्रमुख कार्यसञ्चालन अधिकृत नियुक्त गरेको हो ।सिओओबाट राजीनामा पश्चात् पनि स्याण्डबर्ग आगामी सेप्टेम्बर ३० सम्म कम्पनीको कर्मचारीको रुपमा रहनेछिन् भने त्यसपछि चाहीँ बोर्ड सदस्यको रुपमा निरन्तरता दिनेछिन्।त्यसबापत उनले कम्पनीको निर्देशक तलबभत्ता नीति अनुसार गैर कर्मचारी निर्देशकको रुपमा तलब भत्ता प्राप्त गर्नेछन्।

जुलाईको अन्त्यमा कम्पनीको पछिल्लो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा सिइओ मार्क जुकरबर्गले शेरिल स्याण्डबर्गलाई उनले मेटा कम्पनी, यसको समुदाय तथा विश्वभरका धेरै स साना व्यवसायमा गरेको योगदानका लागि धन्यवाद दिएका थिए ।त्यसको जवाफमा स्याण्डबर्गले फेसबुक तथा मेटा कम्पनीलाई स्थापित गराउनका लागि आफुले भूमिका खेल्न पाएकोमा खुसी लागेको बताएकी थिइन् ।

स्मरण रहोस् क्याम्ब्रिज एनालिटिका मुद्दामा आगामी सेप्टेम्बरमा जुकरबर्ग र स्याण्डबर्गले क्यालिफोर्निया अदालतमा बयान दिनुपर्ने कार्यतालिका छ । त्यसक्रममा उनीहरुले ५।६ घण्टासम्म अदालतमा जवाफ दिनुपर्नेछ ।शेरिल स्याण्डबर्गमाथि आफ्नो आसन्न बिहेको योजना तथा तयारीका क्रममा मेटा कम्पनीको श्रोतसाधनको दुरुपयोग गरेको आरोप पनि लागेको छ ।

मेटाका वकिलहरुले स्याण्डबर्गको फाउन्डेसन लिन इनमा फेसबुकका कर्मचारीहरुको संलग्नता तथा उनको पछिल्लो किताब इउतष्यल द्य को प्रचारमा उनीहरुको भूमिकाका विषयमा पनि अनुसन्धान गरिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार