• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन १९ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन १९ गते,बिहीवार ४ अगस्ट २०२२।श्रावण शुक्लपक्ष सप्तमी तिथि। चित्रा नक्षत्र, १५ः५८ बजेदेखि स्वाती। चन्द्रराशि–तुला। श्रावण शुक्लपक्ष (गुँलाथ्व) सप्तमी तिथि, मध्यरात्रीपछि १२:४७ बजेसम्म, त्यसपछि अष्टमी तिथि, चित्रा नक्षत्र, दिउँसो ०३:५८ बजेसम्म,त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा(अहोरात्र व्याप्त),साध्य योग,दिउँसो ०२:५५

बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा गर करण दिउँसो ०१:२३ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि १२:४७ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, आनन्दादि योग : चर, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०८:१८ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : गोस्वामी तुलसी दास जयन्ती, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, कलशचक्र, फणिचक्र, चुल्लीचक्र, हलचक्र,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २० गते : अष्टमी व्रत, गोरखकाली पूजा, यँल पञ्चदान, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, दीक्षा ग्रहण, कलशचक्र (द्रष्टव्य : दिउँसो १२:०८ बजेसम्म भद्रा रहेको छ), २१ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २२ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वास्तु मुहूर्त, द्रव्यप्रयोग, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । विज्ञान र प्राविधिक कार्य अघि बढ्नेछ । उत्साह, जाँगर र उमङ्ग बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वादिष्ट खानेकुरा खान पाइनेछ । धन हात पनि पर्न सक्छ, तर साँझमा मन भावुक र उत्ताउलो बन्नसक्छ । यात्रा गर्दा सावधानी अपनाउनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर आफन्त सँग भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार