• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

संघ र प्रदेशको निर्वाचन ४ मंसिरमा गर्ने सरकारको निर्णय


काठमाडौं : सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिर २०७९ मा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्।निर्वाचन आयोगले भने २ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन

गर्न सिफारिस गरेको थियो।बुधबार सत्तारूढ गठबन्धनबीच मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुँदैछ। कार्यकाल सम्पन्न हुने मितिलाई आधार मान्दा २२ मंसिरभित्र निर्वाचन भइसक्नुपर्नेछ।२०७४ सालमा पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो।

माओवादीका थुप्रै खराबीले एमालेलाई प्रदूषित गर्‍यो : विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विचार र संगठनका हिसाबले एमाले सबैभन्दा ठूलो पार्टी रहेको बताएका छन्।बिहीबार ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उपाध्यक्ष पौडेलले माओवादीका खराब आचरणले एमालेलाई समेत प्रदूषित बनाएको आरोप लगाएका हुन्।

‘माओवादीलाई रुपान्तरण गर्छौं र माओवादीलाई रुपान्तरण गरेर एमालेकरण बनाउँछौं भनेको तर, माओवादीका थुप्रै खराबीले एमाले पंक्तिलाई पनि प्रदूषित गर्‍यो,’उनले भने।नेता पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन विदेशबाट ठूलो रकम परिचालन गरिएको आरोप लगाए। उनले भने, ‘अहिलेसम्म नेपालमा कुनै पनि पार्टीलाई हराउन जिताउनका लागि देशभित्रको पैसा परिचालित गरिएको थियो होला । तर, यसपटक एमालेलाई हराउनका निम्ति बाहिरबाट ठूलो मात्रामा धनराशी ल्याएर खर्च गरियो।’

उनले राज्यशक्तिको चरम दुरुपयोग भएको भन्दै आपत्ती जनाए। ‘राजशक्तिको चरम दुरुपयोग गरिएको छ। राज्यका प्रशासनिक संरचनाहरुको दुरुपयोग भएको छ। स्रोत साधनको पनि अत्यधिक दुरुपयोग गरिएको छ,’उनले भने,’ एमालेसँग प्रतिस्पर्धा गर्ने आँट नभएर सत्तामा सामेल भएका शक्तिहरुले आपसमा गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएका हुन्।’एमालेका विरुद्ध गठबन्धन जन्मिएको उनको भनाइ छ। स्थानीय तह निर्वाचनमा अरु गठबन्धनबाट लडेको तर पार्टीबाट एकमात्रै एमाले भएको उनको भनाइ छ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार