• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

निःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु जीवनको अर्को परिभाषा हो, आफ्नो सेवा सुबिधा बापत प्राप्त सबै पैसा समाज सेवामा लगाउनेछु : जनप्रतिनिधि दिपक घिमिरे


इटहरी केहि समय अगाडी सम्पन्न स्थानीय निर्वाचन पश्चात बिजयी जनप्रतिनिधिका आ-आफनै सैली र ढंगका काम कारबाही अहिले विभिन्न मिडियामा असरल्ल आइरहे का छन्। कसैले गाली खाई रहेका छन् त कसैले प्रसंशा पाइरहेका छन। कोहि आफ्नै कारण फसी रहेका छन् त कोहि अन्जानबस। समग्रमा धेरै जनप्रतिनिधि ले आलोचना खेप्नु पर्ने एउटा

कारण हो आफुले मनलाग्दी सेवा सुबिधा लिनु हो।हाम्रो समाजमा महान् र उदाहरणीय काम गर्ने समाजसेवीको संख्या बढ्दै गएको छ । हृदयको ढोका बन्द गरेर सम्पत्ति कमाउने मात्र चाहना बोकेकाहरुको त कुरै नगरौं, तर आफ्ना पितृको सम्मान र स्मृतिमा मन्दिर, पाटीपौवा, सामुदायिक भवन, विद्यालय, चौतारी र विश्रामगृह बनाउने हाम्रो पुरानै नेपाली संस्कृति हो । हाम्रो समाजमा पनि मन्दिर निर्माणदेखि अशक्त, असहायहरुलाई सहयोग गर्ने, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने संघ–संस्था तथा व्यक्तिहरुको संख्या हरेक दिन बढिरहेको छ । सामाजिक सञ्जालहरुमा तस्वीर अपलोड गरिरहेका कथित समाजसेवीहरुको संख्या पनि बढिरहेको आजको अवस्था हो । हृदयदेखि नै समाजसेवा गर्नेहरुले जनताको विश्वास र माया बटुलेका छन् । समाजसेवाका नाममा व्यावसायिक उद्देश्य पूरा गर्ने हेतुले गठित संस्थाकै कारण समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गएको छ । जीवनको परिभाषा मानिस अनुसार फरक–फरक हुन्छ । कसैले जीवनलाई व्यक्तिगत स्वार्थमा मात्र सीमित गरेर बुझ्छन् भने कसैका लागि प्रसिद्धिको अर्को नाम ।

निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् । संघ–संस्थामा आबद्ध बनी दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवीहरु भन्छन्– आत्मसन्तुष्टी र खुशी । उनीहरु भन्छन्– सम्पत्तिवानहरु अकुत धनदौलतको सिरानी हालेर निदाउन सक्दैनन् । तर, सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्छ । जीवनको मुख्य लक्ष्य र प्राप्ति के हो ? खुशी, शान्ति र आनन्द । समाजसेवाबाट समाजसेवीले त्यही प्राप्त गरिरहेका छन् । भोलिको आशा भएन भने मानिसको जीवनको कुनै सार्थकता छैन । भविष्यप्रति हामीले सदैव आशा राख्नुपर्ने हुन्छ ।

इटहरी ७ का जनप्रतिनिधि वडा सदस्य दिपक घिमिरे त्यसै मद्ये एक हुन्। जो बिगत देखि वर्तमान सम्म सधै समाजसेवामा लागिरहेका छन् चर्चामा आइरहन्छन। पछिल्लो समय उनको चर्चा झनै चुलिएको छ। कारण हो आफुले जनप्रतिनिधि भए वापत सरकार बाट प्राप्त गर्ने सम्पूर्ण रकम समाज सेवामा खर्च गरिरहेका छन्। यसै क्रम मा पछिलो समय शिव पार्वती प्रगतिशील महिला समूह को लागि आवस्यक साउन्ड सिस्टम खर्च गर्न रु पाँच हजार हस्तान्तरण गरियो।

साथै सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु जनै बनाउने उद्यम संचालन गरिरहेको र आवस्यक सहयोग गर्दिन गरिएको अनुरोध लाई मनन गरि उपत् समूह लाई रु पांच हजार हस्तान्तरण गरियो।


साथै सपना पासवानले संचालन गरेको हाँस / खुखुरा फर्म मा अपरिचित रोग लागि अधिकाम्स हाँस खुखुरा मरेको हुँदा पिडित सपना पासवान लाई सहयोग स्वरुप रु पाँच हजार सहयोग रकम हस्तान्तरण गरियो।

सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु जनै बनाउदै … साथमा वडा न ७ कि महिला वडा सदस्य राधा आचार्य

सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु लाइ सहयोग गर्ने कार्यक्रम संचालन गर्नुहुदै सुनिता शर्मा

सस्कृति पर्यटन तथा उद्पादन समूह का उद्यमशील महिला दिदि बहिनि हरु लाइ सहयोग गर्ने कार्यक्रम मा आफ्नो भनाइ राख्नु हुदै समाजसेवी जन प्रतिनिधि दिपक घिमिरे

सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु लाइ सहयोग गर्ने कार्यक्रम मा आफ्नो भनाइ राख्नु हुदै महिला जनप्रतिनिधि राधा आचार्य

उपत् कार्यक्रम मा इटहरी ७ कि महिला जन प्रतिनिधि राधा आचार्य युवा संग इटहरी ७ क अद्यक्ष तेज घिमिरे तथा समाज का प्रतिष्ठित व्यक्ति हरुको सहभागिता रहेको थ्यो। आगामी दिन हरुमा समेत यी र यस्तै सामाजिक कार्यमा लागि रहने प्रतिवाधता जान प्रतिनिधि दिपक घिमिरे ले व्यक्त गर्नु भयो भने समाज सेवामा लागि रहन सहभागी सबैले अनुरोध गरेका थिए।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार