• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

गठबन्धनमा भागबण्डाको किचलो, काँग्रेस एक्लैले बहुमत खोजेपछि प्रचण्ड–माधव बटारिए, अर्काे गठबन्धन बन्ने


काठमाडौँसरकारले आगामी संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनका दलहरुले समेत चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । तर काँग्रेस नेताहरुबाट लगातार १६५ मध्ये सय सिट आफुले पाउनुपर्ने बताउन थालेका छन् ।त्यसमध्ये बचेको ६५ सिटमा दोस्रो दल बन्न खोजेको माओवादी सहित चार दलले चित्त बुझाउँलान् त भन्ने प्रश्न उब्जीएको

छ ।सिटको जोड घटाउले गठबन्धनको तालमेलमै समस्या पर्ने देखिन्छ । मुलतः सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले गठबन्धनकै बलमा एकल बहुमत ल्याउने तयारी चलाइरहँदा अन्य दलहरुले आफ्नो समर्थनविना बहुमत पुग्नै नदिने गरि भागबण्डा गर्न खोजिरहेका छन् । यस्तो अवस्थामा काँग्रेसले कम्तिमा पनि सय सिट आफ्नो भागमा हुनेपर्ने दाबी गरिरहेको छ भनेअन्य चार दलले कम्तिमा ८० देखि ९० सिट आफ्नो पल्लामा हुनुपर्ने अडान लिइरहेका छन् ।जबकि प्रत्यक्षतर्फ मात्र १६५ सिट संख्या छ । यसैकारण गठबन्धनको गडजोड भत्किने खतरा छ ।किनकि चुनावको मिति घोषणा भएर तालमेल गर्ने निर्णय भइसक्दा गठबन्धनभित्रकै माओवादीका नेताहरु ओलीसँग मिल्न सक्ने सम्भावना देखिरहेका छन् । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले शनिबार बिहानै चितवनबाट चुनावी तालमेल गर्नका लागि काँग्रेसले एक सय सिट पाउनुपर्ने बताएका छन् ।

महिनादिन अघि नै काँग्रेसले आफ्नो एकल बहुमत आउने गरि गठबन्धन गर्ने र चुनावपछि पनि सरकारको नेतृत्व आफैले गर्ने निर्णय गरेको थियो । जसमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चित्त बुझाएका छैनन् । किनकि काँग्रेसले स्थानीय चुनावमा बेइमानीको गरेको आरोप अझैसम्म पनि उनीहरु लगाइरहेका छन् । चुनावको मिति घोषणा भएपछि भागबण्डा मिलाउनका लागि ११ सदस्यीय कार्यदल बनाउने निर्णय गरेकाछन् । तर कुन आधार र मापदण्ड बनाएर भागबण्डा टुङग्याउने अन्योलता हटेको छैन ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा गरेको चुनावी तालमेल र त्यसबाट प्राप्त परिणाम र स्थानीय तहको तालमेल र त्यसकै बलमा एमालेलाई कमजोर बनाएको उत्साह स्वरुप गठबन्धनका दलहरु फेरि पनि प्रतिनिधिसभा र प्रदेश सभाको तालमेलमा लाइनबद्ध भएका हुन् ।तर भागबण्डाको सकसपूर्ण राजनीतिले उनीहरुलाई एकै ठाउँमा एकै भएर इमान्दार बन्न चुनौती दिइरहेको छ ।
त्यसबाहेक प्रदेश सभाका ३३० सिटको बाँडफाँडमा पनि गठबन्धन थप संकटमा पर्ने स्थिति छ । उता गठबन्धनभित्रैबाट उपगठबन्धन बन्ने सम्भावना र यता एमालेसँगतालमेलसम्मको कुरा चलिरहँदा ओली भने प्रचण्डलाई दुध देखाएर पल्काउन सकिन्छ भन्ने सम्मको अभिव्यक्ति दिइरहेका छन् ।

गठबन्धनमा आवद्ध प्रचण्ड–माधवको मुल चाहना प्रथमतः देउवासँगै भागबण्डा मिलाएर जाने देखिन्छ । त्यसका लागि उनीहरुले मागेकै सिट संख्या दिन काँग्रेस तयार हुनुपर्नेछ । निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसरका लागि समेत बार्गेनिङ चलिरहेको छ । बाँडफाँड नमिलेत्यहि भित्रै गठजोड बनाउने वा एमालेसँग जाने सम्भावनामाथि समेत नेताहरु आन्तरिक रुपमा निरन्तर छलफल चलाइरहेका छन् । तर पार्टी फुटेर चुलिएको तुषलाई एकाएक हटाएर फेरि एक हुने सम्भावनामाथि गम्भीर प्रश्न छ ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार