• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

अनधिकृत रुपमा फोन अनलक्ड गरी सबा ३ अर्ब आम्दानी


काठमाडौं टेलिकम कम्पनीका कर्मचारीहरुको पासवर्ड चोरी गरी प्रयोगकर्ताका स्मार्टफोन अनलक्ड गरेर अमेरिकामा एकजना व्यक्तिले साढे २करोड डलर अर्थात् करीब सबा ३अर्ब रुपैयाँ कमाएको खुलासा भएकोछ।अमेरिकाको क्यालिफोर्नियामा बस्ने एग्रिस्ठी खुदावर्दानलाई पासवर्ड चोरीबाट अढाई करोड डलर रकम हात पारेको मामिलामा दोषी ठहर गरिएको

छ । ४४ वर्षका उनले टी मोबाइलको सिस्टम ह्याक गरी प्रयोगकर्ताका फोनहरु अनलक गरेर त्यसको बदलामा पैसा लिने गरेका थिए ।वास्तवमा अमेरिकी बजारमा धेरै स्मार्टफोनहरु मोबाइल क्यारियर लकयुक्त हुन्छन् । अर्थात् त्यसरी कुनै टेलिकम कम्पनीको प्याकेजमा आबद्ध गरी खरीद गरेका स्मार्टफोनमा अर्को कम्पनीको सिमकार्ड प्रयोग गर्न सकिँदैन । टी मोबाइल नामक टेलिकम कम्पनीले पनि विभिन्न स्मार्टफोन डिभाइसहरु बेच्ने गर्दछ ।अभियुक्त ती व्यक्ति आफैपनि टी मोबाइलको एक पसलका मालिक हुन् । उनको स्टोर लस एन्जल्सको इगल रकम क्षेत्रमा छ । रिपोर्ट अनुसार ती व्यक्तिले अनधिकृत रुपमा प्रयोगकर्ताहको फोन अनलक गरी अन्य कम्पनीको नेटवर्कमा पनि स्मार्टफोन चल्ने बनाइदिने गरेका थिए ।त्यसबापत उनले पैसा लिन्थे र आजसम्म त्यसरी करीब अढाई करोड डलर कमाइसकेका थिए । उनले लक्ड क्यारियर टी मोबाइल ग्राहकका फोनहरु अनलक गरिदिन्थे ।

यसका लागि उनले टी मोबाइल कम्पनीका कर्मचारीहरुका लागि फिशिंग इमेल पठाउँदथे जसबाट उनले कम्पनीको इन्टर्नल सिस्टममा पहुँच प्राप्त हुन्थ्यो । फिशिङ इमेलमा फस्ने कर्मचारीहरुको क्रेडेन्सियल चोरी गरी उनले प्रयोगकर्ताहरुको फोन अनलक गरिदिन्थे ।उनले यसो गरेर सन् २०१४ देखि २०१९ सम्मको अवधिमा लाखौँ फोन अनलक गरिदिएको बताइएको छ । उनले एन्ड्रोइड फोनसँगै आइफोन समेत अनलक्ड गरेका छन् ।

उनले चोरी भएका तथा हराएका फोन समेत अनलक्ड गरिदिएका थिए ।खुदावर्दानले आफुले स्मार्टफोन अनलक्ड गरिदिने कुराको प्रचार पनि गरेका थिए । यसका लागि उनले ब्रोकर, इमेल तथा वेबसाइटहरुको सहारा लिएका थिए । अनधिकृत रुपमा फोनहरु अनलक्ड गर्नका लागि उनले ५० भनदा धेरै टी मोबाइलका कर्मचारीको पासवर्ड चोरी गरेका थिए ।

प्रयोगकर्ताका फोनहरु अनधिकृत रुपमा अनलक गरी लाखौँ डलर आम्दानी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई अदालतले आगामी अक्टोबर १७ मा सजायँ सुनाउने बताइएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार