• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ साउन २७ गते शुक्रवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ साउन २७ गते, शुक्रवार १२ अगस्ट २०२२।श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, ७ः२५ बजेदेखि भाद्र कृष्ण प्रतिपदा। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर,१६ः३४ बजेदेखि
कुम्भ। श्रावण शुक्लपक्ष (गुँलाथ्व) पूणर्िमा (परेवा) तिथि, बिहान ०७:२५ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, भोलि बिहान ०५:१८ बजेसम्म, अन्तिममा द्वितीया तिथि (तिथि टुटेको दिन)

धनिष्ठा नक्षत्र, भोलि बिहान ०३:५५ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, साँझ ०४:३५ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, सौभाग्य योग, दिउँसो ०१:५९ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा बब करण बिहान ०७:२५ बजेसम्म, त्यसपछि बालब करण साँझ ०६:२१ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : धाता, चन्द्रवणर् : कालो (साँझ ०४:३५ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : दक्षिण (साँझ ०४:३५ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : वायव्य (बिहान ०७:२५ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (साँझ ०४:३५ बजे), वाणपञ्चकमध्ये रोग वाण : साँझ ०५:२० बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : ऋषि तर्पणी, जनै पूणर्िमा, गाई जात्रा (सापारु), रक्षा बन्धन (राखी), कुम्भेश्वर, गोसाइँ कुण्ड, पशुपतिनाथ, दुधकुण्ड आदि पवित्र सरोवर र तीर्थस्थानमा मेला,

डडेलधुरामा भागेश्वर जाँत, मुक्तिनाथ यार्तोङ, मानस व्रतको समापन, संस्कृत दिवस, डोलेश्वर उत्सव, ब्याँजानके, गुँपुह्नि, श्री प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामीले मनाउने), आजको मुहूर्त : गृहारम्भ (घरको जग राख्ने), वास्तु मुहूर्त, फणिचक्र, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-२८ गते : रोपाई जात्रा, दथुसाया यलमतया, चतुर्मासा व्रत लिनेले दही बार्ने दिन प्रारम्भ, मुहूर्त : गृहारम्भ (घरको जग राख्ने), वास्तु मुहूर्त, द्रव्यप्रयोग, २९ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), दीक्षा ग्रहण, ३० गते : श्रावणी सोमवारको व्रत, त्रिपुष्कर योग सूर्योदयपूर्व ०२:५० बजेदेखि ०३:२७ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार