• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

बालेनको नजर अब होर्डिङ बोर्डतिर : महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड


काठमाडौं । काठमाडौं महानगरपालिका ले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं

महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेको हो ।


नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ ।

महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर जाँदै छ ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार