• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

चोरले लिएर भाग्दै गरेको सुमो दुर्घटनामा परेपछि…


विराटनगर विराटनगर मा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटना मा परेको छ।विराटनगर-३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको टाटा सुमो भ्यान विराटनगर -२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इञ्चार्ज राजकुमार कार्कीले जानकारी दिए ।‘भर्खरै चतराबाट

आएको थिए, गाडी धोइपखाली घरभित्र छिरेर कपडा फेर्न नपाउँदै चोरी भयो,’ घटनास्थलमा भेटिएका अधिकारीले भने,‘ गाडी यहाँ ल्याएर दुर्घटना गराएछ ।’प्रहरीका अनुसार को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो ।ट्राफिक प्रहरी कार्कीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ भने सुमो लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चोरी गरी भाग्दै गरेका अशोक चौधरी रहेका छन् । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ ।

टाटा सुमो विराटनगर-३ भट्ट चोकका चन्द्र अधिकारीले सञ्चालन गर्छन् । उनले दिउँसो घर अगाडि पार्किङ गरे लगतै चोरी भएको थियो ।

प्रहरी समक्ष गाडीमै चाबी देखेपछि लिएर हिडेको बताएका उनले आफ्नो नाम पनि फेरिरहेका छन् ।

प्रहरीका अनुसार चौधरी पटके चोर हुन् । यसअघि पनि प्रहरीले चोरीको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरी कारवाही गरेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार