• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

जेलमा रहेका अफताव आलम लाइ कांग्रेसले रौतहट क्षेत्र नम्बर २ बाट उठाउने !


जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेकोछ।आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ।उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६

कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए।उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ।स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो।उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए।

पेट्रोलियम पाइपलाइनको नाफा ट्यांकर व्यवसायीलाई बाँड्न निगमको हतारो

काठमाडौं । २४ भदौ, २०७६ मा नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आयो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट पहिलो वर्ष ५३ करोड ४१ लाख लिटर र डिजेल आयात भयो ।

नेपाल आयल निगमकाअनुसार वार्षिक खपतमा भएको वृद्धिका कारण पाइपलाइनबाट तेल आयात हरेक वर्ष बढ्दो छ । पाइपलाइनले ट्यांकरमार्फत हुने ढुवानी रोकिंदा परियोजना सञ्चालनको दोस्रो वर्षमा २ अर्ब रुपैयाँ ढुवानीमै बचत देखिएको छ ।गत आर्थिक वर्ष पाइपलाइन सञ्चालनको तेस्रो वर्ष हो यसको एकीकृत हिसाब भने आइसकेको छैन । मोतिहारी–अमलेखगञ्ज ढुवानी भाडा जोगिंदा निगमलाई फाइदा भएको बताउँदै निगम स्रोत भन्छ, ‘गत वर्ष पनि अघिल्लो वर्षकै हाराहारी बचत हुने देखिन्छ, हिसाब भने आइसकेको छैन ।’

भारतको बरौनीदेखि अमलेखगञ्जसम्म ट्यांकरबाट ढुवानी गर्दा हुने प्रतिलिटर १ रुपैयाँ ५० पैसा खर्च पाइपलाइन बनेपछि बचत भएको छ । यस्तै तापक्रमका कारण हुने नोक्सानीको क्षति पनि पाइपलाइनले जोगाएको छ । सञ्चालन खर्च कम गर्न महत्वपूर्ण हुने दाबी गरिएको पाइपलाइनले सुखद् नतिजा दिइरहेको बेला निगम भने ट्यांकरको भाडा बढाउन बल गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार