• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र १८ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र १८ गते, शनिवार, ३ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष सप्तमी तिथि, ९ः४० बजेदेखि अष्टमी। अनुराधा नक्षत्र। चन्द्रराशि– वृश्चिक।भाद्रपद शुक्लपक्ष (ञलाथ्व) सप्तमी तिथि, बिहान ०९:४५ बजेसम्म, त्यसपछि अष्टमी तिथि, अनुराधा नक्षत्र,बेलुका ०९:१९ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, साँझ

०४:३४ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा वणिज करण बिहान ०९:४५ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण बेलुका ०८:४१ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : अमृत, चन्द्रवणर् : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : वायव्य (बिहान ०९:४५ बजेसम्म), त्यसपछि ईशान, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०१:१८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,आज : गौरा पर्व, दूर्वाष्टमी, श्री महालक्ष्मी व्रत प्रारम्भ (धनसम्मृद्धि र दाम्पत्यसुखका निमित्त १६ दिने माता लक्ष्मीको उपासना सुरु), फालो पर्व (थकाली), आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र, चुल्लीचक्र, हलचक्र (द्रष्टव्य : दिउँसो १२:०० बजेपछि भद्रा रहने छ)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १९ गते : श्री राधा जयन्ती, राधाष्टमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, काय अष्टमी, कागेश्वर मेला, अदुःख नवमी व्रत (पति/पत्नीको बिछोड नहोस् भन्ने उद्देश्यले लिइने व्रत), ललितपुरमा दश महाविद्या पूजा, अविधवा नवमी, मुहूर्त : कलशचक्र, २० गते : मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस, मुहूर्त : कलशचक्र, मुठी लिने, २१ गते : श्री हरिपरिवर्तिनी एकादशी व्रत, अगस्त्योदय रात्री ०९:४९ बजे, त्रिपुष्कर योग मध्यरात्रीपछि १२:४९ बजेपछि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र (द्रष्टव्य : दिउँसो ०१:४६ बजेपछि भद्रा रहने छ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । सफल यात्रा पनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा प्रसन्नता र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार